|

विराटनगर : प्रदेश १ सत्तारुढ पाँच दलीय गठबन्धनको साझा कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाइएको छ।

काङ्ग्रेस सांसद शेरखचन्द्र थापाको नेतृत्वमा गठित कार्यदलले साझा कार्यक्रम तयार गरी आज (बुधबार) मुख्यमन्त्री राईलाई बुझाएको हो।

सरकारको दीर्घकालीन र अल्पकालीन योजनासहित कार्यान्वयनमुखी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले जानकारी दिए।

उनका अनुसार प्रदेशको वस्तुस्थिति र सामर्थ्यलाई अध्ययन गरेर अल्पकालीन र दीर्घकालीन योजनासहित प्रतिवेदन तयार गरिएको छ।

प्रदेश सरकारले अल्पकालीन योजनामा स्वास्थ्य, कृषि, शिक्षा र कोरोनाको उपचारलाई प्राथमिकतामा राखिएको थापाको भनाइ छ।

उनले जनताको समस्यालाई सम्बोधन गर्ने गरी कार्यान्वयनमुखी प्रतिवेदन तयार गरेको बताए।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले सरकारले प्रतिवेदन कार्यान्वयनमा लैजाने बताउँदै उनले नेपाली काङ्ग्रेस महाधिवेशनका कारण प्रदेशको काममा केही प्रभाव परेको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.