|

काठमाडौं : उपाधि दाबेदार मानिएका चेल्सी, लिभरपुल र टोटनह्यामले लिग कप (कार्वाओकप) फुटबलको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। यस अघि नै अर्को प्रिमियर लिग क्लब आर्सनलले अन्तिम चारमा स्थान बनाइसकेको छ।

अन्तिम चारमा स्थान बनाउने क्रममा टोटेन्ह्यामले वेस्टह्याम युनाईटेडलाई २-१ ले पराजित गर्‍यो। सबै तीन गोल पहिलो हाफमा भएको थियो। टोटेनह्यामले स्टीवन बर्गविनको गोलमार्फत २९ औ मिनेटमा अग्रता लिएको थयो। ​तर वेस्टह्यामका बोवेनले ३२ औ मिनेटमा बराबरी गोल फर्काए। तर त्यसको दुई मिनेट वित्न नपाउँदै लुकास मौराले टोटेनह्यामलाई अग्रता दिलाए। जुन अग्रतानै निर्णायक बन्यो। त्यसपछि दुबै तर्फबाट थप गोल हुन सकेन।

त्यस्तै अर्को खेलमा चेल्सीले ब्रेन्फोर्डलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। चेल्सीको यो मुख्य प्रतियोगितामा पछिल्लो ११ महिनामा तेस्रो सेमिफाइनल यात्रा हो।

चेल्सी अन्तिम समयमा भाग्यमानी रह्यो। ८० औ मिनेटमा जनसनको आत्माघाती गोलमार्फत अग्रता लिएको चेल्सीले ८५ औ मिनेटमा पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई जोर्गिन्होले सदुपयोग गर्दा चेल्सी अन्तिम चारमा पुग्न सफल भयो।​

लिभरपुलको  संघर्षपूर्ण जित

लिग कप अन्तर्गतनै भएको  खेलमा लेस्टर सिटीविरुद्ध पेनाल्टी सुटआउटमा लिभरपुल भाग्यमानी सावित भयो। निर्धारित समय ३-३ गोलको बराबरी भएपछि खेलको निर्णय पेनल्टीसुटआउटबाट लिएको थियो। जहाँ पेनल्टी सुटआउटमा लिभरपुलले ५-४ ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यसअघि लेस्टर सिटीले पहिलो हाफमा नै गरेको ३-१ को अग्रता जोगाउन नसक्दा लिभरपुलले नाटकीय बराबरी गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। लिभरपुलले अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो।

पहिलो हाफमा नै लेस्टरले ३-१ को अग्रता बनाएको थियो। उसका लागि जेमी भर्डीले ९ र १३ मिनेटमा गोल गर्दा म्याडिसनले ३३ औ मिनेटमा तेस्रो गोल गरे। त्यसअघि १९ औ मिनेटमा अक्सलेड चाम्बरलेइनले लिभरपुललाई खेलमा फर्काउँदै पहिलो हाफलाई ३-२ को अवस्थामा ल्याए।

यद्यपि दोस्रो हाफमा नाटकीय पुनरागमन गरेको लिभरपुलले अतिरिक्त समयमा बराबरी गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। ६८ औ मिनेटमा जोताले दोस्रो गोल गर्दा मिनामिनोले अतिरिक्त समयको पाँचौ मिनेटमा बराबरी गोल गर्दै लेस्टरलाई स्तब्ध पारेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.