|

पर्सा : एमाले अध्यक्ष केपी शर्मा ओली अहिले केहीबेरपछि (करिब १ बजे) पर्साको जगरनाथपुरमा हेलिकोप्टरबाट आउने कार्यक्रम छ। यहाँ आयोजित पार्टीको सन्देश सभा र बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी आउन लागेका हुन्।

अध्यक्ष ओली आउने भएपछि यहाँको सुरक्षा व्‍यवस्था कडा बनाउनुका साथै हेलिकोप्टर अवतरणका लागि २ वटा हेलिप्याड तयारी अवस्थामा राखिएको छ।

कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश २ का नेता कार्यक्रमस्थल पुगिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.