|

पर्सा : एमाले अध्यक्ष केपी शर्मा ओली पर्साको जगरनाथपुर गाउँ पालिकामा हेलिकप्टरबाट आइपुगेका छन्। पार्टीले आयोजना गरेको सन्देश सभा र बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी यहाँ  आइपुगेका हुन्। 

सुरक्षा टोलीसहित उनी सवार २ वटा  हेलिकोप्टर कार्यक्रमस्थलमा अवतरण भइसकेका छन्। 

एमालेका नेता कार्यकर्ता कार्यक्रमस्थलमा आउने क्रम पनि जारी छ। करिब १ लाख जनसहभागिता गराउने एमालेको योजना रहेको छ।

यो कार्यक्रम स्थलमा प्रदेश २ का एमाले इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज ज्वाला साह, पूर्व मन्त्री पोलिटब्युरो सदस्य लिला श्रेष्ठ,  पोलिटब्युरो सदस्य सुमन प्याकुरेल , पुरुसोत्तम पौडेल, जुली महतो, केन्द्रीय सदस्य निर्मला देवकोटा राजकुमार गुप्ता,  सहितका नेताहरु कार्यक्रमस्थलमै छन्।

अरू नेता कार्यकर्ता आउने क्रम पनि जारी छ। सर्वसाधारण कार्यक्रम स्थलमा आउने क्रम पनि जारी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.