|

काठमाडौं : दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुन हेलाई सरकारले आममाफी दिएको छ।

 भ्रष्टाचार प्रकरणमा २२ वर्षको जेल सजाय भोगिरहेकी पूर्व राष्ट्रपति पार्कलाई राष्ट्रपति मुनजाइले आम माफीको घोषणा गरेका हुन्। सन् २०१८ मा महाअभियोग मार्फत् बर्खास्त भएकी ६९ वर्षीय पार्कमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको थियो। मुलुकमा पहिलो पटक लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति पार्क पहिलो महिला राष्ट्रपति समेत हुन्। 

गर्धनको दीर्घकालीन रोगबाट ग्रसित पार्कले हालसम्म ४ वर्ष ९ महिनाको सजाय काटिसकेकी छन्। दक्षिण कोरिया सरकारले कोरोना महामारीका कारण उत्पन्न राष्ट्रिय संकटमा सहयोग जुटाउन राष्ट्रिय शक्तिलाई एकता र मेलमिलापमा ल्याउनका लागि पूर्व राष्ट्रपति पार्कलाई आममाफी दिने निर्णय गरिएको जनाएको छ।

पार्ककी विश्वास पात्र एवं व्यवसायिक साझेदार चोइ सुन सिलसँगको मिलेमतोमा खर्बौँ रकमको हिनामिना गरेको, दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यवसायिक कम्पनी सामसुङसँग ७० करोड डलर अवैध रुपमा असुल गरेको लगायतका आरोप लागेका थिए। सन् २०१६ मा राष्ट्रपति पार्कविरुद्ध सोलमा ठूला प्रदर्शनहरु भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.