शुक्रबार बेलुकीसम्म सातवटा दल मात्रै दर्ता

|

काठमाडौं : राष्ट्रिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ। आयोगले पुस १ गतेदेखि १० गतेसम्म दल दर्ताको म्याद तोकेको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार बेलुकीसम्म सातवटा दल मात्रै दर्ता भएको जानकारी दिए। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी‚ राष्ट्रिय जनमोर्चालगायतले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराइसकेका छन्।

निर्वाचन आयोगमा १०३ दल दर्ता रहेका छन्। नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अझै दल दर्ता गरेका छैनन्। उनीहरुले आज दल दर्ताको निवेदन बुझाउने तयारी गरेका छन्। आज शनिबार र क्रिसमसको सार्वजनिक बिदा भए पनि निर्वाचन आयोगको काम कारबाही जारी रहने प्रवक्ता पौडेलले बताए।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गतेका लागि तोकिएको छ। यो निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.