हुम्लामा हिमपात‚ जनजीवन कष्टकर

|
शनिबार बिहान हुम्लामा भएको हिमपात । तस्बिर : रासस

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

शनिबार बिहान काठमाडौं उपत्यकाका केही स्थान र तराईका अधिकांश भेगमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। अन्य स्थानको मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। काठमाडौं उपत्यकामा पनि बेलुकी पख हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।

उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ४ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर १७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

यस्तै, ​हिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि हिमपात भएको छ। हिमपातका कारण अत्यधिक चिसो बढेको छ। चिसोले जनजीवन कष्टकर भएको स्थानीय अधिकारीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.