|

सल्यान : देवरसँगको अनैतिक सम्बन्ध लुकाउन सल्यानमा एक महिलाले देवरसँगै मिलेर सासुको हत्या गरेको खुलेको छ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ झिम्पे की ७० वर्षीया जमानी बुढामगरको उनको काइँली बुहारी २४ वर्षीया शुशीला र गाउँकै १८ वर्षीय कमल बुढामगरले गत असार ११ गते हत्या गरेको खुलेको हो।

कमल जमानीको देवर नातापर्ने गाउँकै हुन्। दुई जना मिलेर जमानीको  घाँटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उनीहरूले जमानीको घाँटी थिचेर हत्या गरेर भर्‍याङबाट लडेर मरेको भन्ने हल्ला फैलाएको प्रहरीले जनाएको छ। भारतमा रहेका अन्य घरपरिवार र छरछिमेकलाई भर्‍याङबाट लडेर मरेको जानकारी गराएर काजक्रिया समेत गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामप्रकाश यादवले जानकारी दिए।

गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा मृत्यु नभई हत्या गरेको खुलेको प्रमाण मेटाउन मृतककी माइली बुहारी २८ वर्षीया चमेली र कमलका बुवा बालारामले सहयोग गरेको खुलेको यादवले जानकारी दिए।

हत्यामा संलग्न र प्रमाण मेटाउन सहयोग गर्ने चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको यादवले बताए। बालाराम, चमेली र शुशीला बुढालाई पुस ३ गते र कमललाई आज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

शुशीला र कमलाबीच केही समयदेखि रहेको अनैतिक सम्बन्ध लुकाउन उनीहरूले हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.