काठमाडौं : डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिन मागसहित सम्पत्ति शुद्धीकरण विभागमा ध्यानाकर्षणपत्र बुझाएका छन्।
डा. केसीको अगुवाइमा बृहत् नागरिक आन्दोलनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
उजुरी लिएर विभागमा पुग्नेहरूमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत सम्पत्ति शुद्धीकरण विभाग पुगेका थिए।
पत्र बुझ्दै विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने समेत बताएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।