|

जाजरकोट : डोल्पाको सदरमुकामसहित आसपासका क्षेत्रमा सोमबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। जैसीगाड जलविद्युत् आयोजनाको मेसिनमा खरावी आएपछि विद्युत सेवा अवरुद्ध भएको हो।

मेसिनमा मर्मतका लागि नेपालगञ्ज पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाका जुनियर हेल्पर मुस्कान रावलले जानकारी दिए। हिउँद याममा आलोपालो तरिकाले विद्युत् सेवा दिँदै आएको डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीयवासी बताउँछन्।

राष्ट्रिय विद्युत् प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुन बित्तिकै सबै सेवा बन्द हुने गर्दछ। ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको विद्युत् तीन सातापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ। जैरीगाड जलविद्युतबाट एक हजार २५० घरधुरी विद्युत् उपयोग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.