|

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड रेलिगेशन जोनमा रहेको न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ। दोस्रो हाफमा सब्सटिच्युट खेलाडी इडिन्सन काभानीको गोलमा युनाइटेडले न्युक्यासलसँग १-१ गोलको बराबरी खेलेका हो।

सोमबार भएको खेलमा न्युक्यासलविरुद्ध ७१ औं मिनेटमा काभानीले गोल गरेका थिए। सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीले एलान सेन्ट म्याक्सिमिनको गोलबाट सातौं मिनेटमै अग्रता लिएको थियो।

अधिकांश समय अग्रता जोगाए पनि दोस्रो हाफमा भने घरेलु टोली अंक बाँड्न बाध्य भयो। बराबरीसँगै युनाइटेडले पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ। जारी सिजन युनाइटेडको यो चौंथो बराबरी हो।

युनाइटेडले १७ खेलबाट ८ जित ४ बराबरी र ५ हारसहित २८ अंक जोड्दै सातौं स्थानमा रहेको छ। न्युक्यासल भने ११ अंकका साथ १९औं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.