|

काठमाडौं :  बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्यालेन्ज अन्तर्गत उपाधिका लागि नेपाली महिला टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। 

नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ। 

साविक विजेता नेपाल जारी प्रतियोगितामा अपराजित छ। यसअघि उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपाली महिला टोली आज पनि प्रभावशाली जितको तयारीमा छ। 

राउण्ड रोबिन लिगका आधारमा भएको खेलमा नेपाल शीर्ष स्थानमा र उज्वेकिस्तान दोस्रो स्थानमा छन्। शीर्ष दुई टोलीले फाइनल भिडन्त पक्का गरेका हुन्। 

महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ पनि नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। 

नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो सवा १ बजे हुनेछ। लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.