|

काठमाडौं : धुम्बाराहीस्थित ह्याम्स अस्पतालले 'होल बडी चेकअप'मा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर छुट्टै वेलनेस सेन्टर स्थापना गरेको अस्पतालले वेलनेसका विभिन्न प्याकेजमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।

अस्पताल ले लिभर हेल्थ, किड्नी हेल्थ प्याकेज, स्ट्यान्डर्ड प्याकेज, डायबिटिज हेल्थ प्याकेज, कम्प्रिहेन्सिभ प्याकेज, चाइल्ड हेल्थ प्याकेज, एक्ज्युकेटिभ प्याकेज, लङ्स हेल्थ प्याकेज, कार्डियाक हेल्थ प्याकेज, वुमन्स हेल्थ गरी ११ वटा प्याकेजको घोषणा गरेको छ। 

सेन्टरले क्रिसमसदेखि फेब्रुअरी १२ सम्म सबै परीक्षणमा ४० प्रतिशत छुट दिने घोषणा गरेको हो।

अन्य समयमा ८ हजार लाग्ने होल बडी चेकअपमा सबै प्याकेजमा ४० प्रतिशत छुट भएपछि ५ हजारमा होल बडी चेकअप गर्न सकिने अस्पतालले जनाएको छ। 

अस्पतालले यसअघि पनि वेलनेस सेन्टरमार्फत सेवा दिइरहेको भए पनि अब भने प्रिभेन्टिभ हेल्थ चेकअपका लागि छुट्टै भवन बनाएर त्यहींबाट सबै सेवा एकीकृत रुपमा दिन लागेको हो।

प्रिभेन्टिभ चेकअपअन्तर्गत आउने बिरामीका लागि स्वास्थ्यकर्मीदेखि सबै सेवाको छुट्टै व्यवस्था गरिएको छ।

पालो कुरेर बस्न नपर्ने, अन्य बिरामीसँग कुनै घुलमिल नै नहुने र आफूले भनेको समयमै आफ्ना सबै परीक्षण एकै स्थानबाट गर्न सकिने व्यवस्था मिलाइएको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.