|

काठमाडौं :  जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। 

विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।

संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्। उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की  भएको थियो।  त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र  क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए।

 ‘संसद्मा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ सांसद खालिल आतियहले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.