|
इलामको सन्दकपुरमा भएको हिमपात

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।

यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हिउँ पर्दा हिउँ खेल्न जाने पर्यटकको संख्या बढ्ने गर्दछ।

यस्तै‚ बैतडी संवाददाताका अनुसार बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा मंगलबार रातिदेखि हिमपात भइरहेको छ। हिमपातका कारण यहाँका दशरथचन्द राजमार्गसमेत बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

बझाङ संवाददाताका अनुसार बझाङको बुङगल, जयपृथ्वी नगरपालिका, छविसपाथीभेरा, तल्कोट, साईपाल, मष्टा, खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको छ।

हाम्रा जुम्ला संवाददाताका अनुसार मंगलबार रातिदेखी हिमपात भएको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाको  जनजीवन प्रभावित भएको छ।

हाम्रा इलाम संवाददाताका अनुसार इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा पनि हिमपात भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.