|

दाङ : माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय जिल्लामा स्थापना गरिएको छ।

बिहीबार प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रीतेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले गरेका थिए। 

कार्यालय स्थापनासँगै विधिवत् रूपमा राष्ट्रियसभाको निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा ३ जनाका लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले बताए।

महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको उनको भनाइ छ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ९६ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेशसभाका सदस्यले मतदान गर्न पाउने व्यवस्था छ। घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.