|

काठमाडौं : उपभोक्ता समितिबाट डेढ लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको इश्वरपुर नगरपालिका–११ का वडा अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडा अध्यक्ष राम दुलार साह र वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

वडा अध्यक्षले साहले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस लिन वडा सदस्यहरूलाई निर्देशन दिएको खुलेको अख्तियारले जनाएको छ।

अध्यक्ष साहको निर्देशनमा उक्त रकम उमेश रायले लिएर सोनेलाललाई राख्न दिएको खुलेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.