|
फाइल फोटो

काठमाडौं : रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। 

न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी चढेको मुद्दा पहिलो नम्बरमै भए पनि हेर्न नभ्याइनेमा राखिएको हो। रौतहट जिल्ला अदालतलको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध आलमले थुनामुक्त गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए।

तर उनको मुद्दा पटक पटक पेशी चढे पनि सुनुवाइ हुन सकेको छैन। पहिलो संविधानसभा चुनाबका बेला २०६४ चैत २७ गते रौतहटमा बम बिस्फोट गराएको र त्यसका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएर मारेको अभियोगमा आलम थुनामा छन्। 

उनलाई  पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.