|

काठमाडौं : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोराको आज पनि उद्धार हुन सकेन।

अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न आज दुई पटक गए पनि स्थान पत्ता लगाउन नसक्दा उद्धार हुन नसकेको हो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्टा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जानकारी दिए।

अन्दाजी ५०–५५ वर्षका लाक्पाटासी र उनहाका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा हिउँमा फसेका हुन्। ‘हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पत्ता लगाउन आगो बालेर बस्न भनिए पनि आगो नबालेकाले हेलिकप्टरले ठाउँ पत्ता लगाउन सकेन’ पाण्डेले भने, ‘आज दिउँसो पौने ४ बजे सम्म उनीहरू फोन सम्पर्कमै थिए, हामीले लोकेशन पत्ता लगाएका छौँ, भोलि बिहानै उद्धार हुन्छ।’

चौँरीसँगै हिउँ पहिरोले बगाएका उनीहरू ओडार भेटेर बसेको पाण्डेले जानकारी दिए। आइतबार बिहान मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु शेर्पालाई बोकेर हेलिकप्टर जाने उनले जानकारी दिए। पुस १४ गते परेको हिउँमा उनीहरू फसेका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.