|
फाइल फोटो

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार बिहान धेरैजसो स्थानमा कुहिरो लागेको छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा मधुरो घाम लागेको छ। पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। यीबाहेक अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ४ दशमलब २ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.