|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ।  केन्द्रीय कमिटीबारे छलफल गर्नको लागि बसेको बैठक सकिएको हो। 

बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल पनि पुगिसकेका छन्। 

आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कमिटीले नै पदाधिकारी चयन गर्ने भएको छ। बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने भएका छन्। 

नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्बिएको छ। निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरे पनि त्यो अनुसार प्रक्रिया अघि बढ्न सकेको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.