|

काठमाडौं : नेकपा माओवादी केन्द्रको आर्थिक प्रतिवेदन पारित भएको छ। 

जारी महाधिवेशनको बन्दसत्रमा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले पेश गरेको आय, व्ययको आर्थिक प्रतिवेदन पेश गरेका थिए। 

ढकालले पेश गरेको महाधिवेशन हलबाट उक्त विवरण एकमतले पारित भएको हो।

केन्द्रीय कमिटीबारे छलफल  बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पनि पुगिसकेका छन्। 

आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कमिटीले नै पदाधिकारी चयन गर्ने भएको छ। बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.