|

काठमाडौं : गुणस्तरहीन रासायनिक मल खरिद गरेर एक अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गुणस्तरहीन डिएपी मल खरिद गरि १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ हिनामिना गरेको अभियोगमा कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

हिनामिना गरेको रकम बराबरको बिगो माग दाबी गर्दै अख्तियारले भण्डारीसहित कम्पनीका प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्कर दिप बुढाका नाममा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

गुणस्तरहीन मललाई गुणस्तरीय भनेर गलत प्रमाणित गर्ने नेपाल वातावरण तथा वैज्ञानिक सेवा प्रालिका कर्मचारी तथा मल आपूर्तिकर्ता जोशी बीज हाउस प्रालिका प्रवन्ध निर्देशक विनित जोशीसहितका नाममा पनि मुद्दा दायर गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.