|

काठमाडौं : किसान आन्दोलनका नाममा राजमार्ग अवरुद्ध गरिरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषामा पनि ट्रकमा आगजनी गरेका छन्।

जनमत पार्टीका कार्यकर्ताले गणेशमान चारनाथ नगरपालिका–१ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा आज दिउँसो आगजनी गरेका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ। आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी जीतेन्द्र कुमार बस्नेतले पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ताद्वय चन्दन कुमार साह र नविन पण्डित छन्।

जनमत पार्टीले किसान आन्दोलनका नाममा मधेशका जिल्लामा राजमार्ग अवरुद्ध, सवारीसाधनमा आगजनीलगायतका काम गर्दै आएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.