|

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले मकर मेला अवधिभर नगर क्षेत्रभित्र कुनै प्रकारका धार्मिक कार्य नगर्न निर्देशन दिएको छ।

नगरपालिकाले सूचना जारी गर्दै माघ महिनाभरि लाग्ने मकर मेलालाई व्यवस्थित बनाउनु पर्ने भएकोले सो अवधिभर अन्य धार्मिक कार्य नगर्न निर्देशन दिएको हो।

नगरपालिका प्रमुख भीम न्यौपानेले पनौतीको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको मकर मेलालाई व्यवस्थित बनाउनुपर्ने भएकाले भेलाभरि नगरमा धार्मिक तथा अनुष्ठानका कार्य नगर्न आग्रह गरेको बताए। 

उनले भने, ‘मकर मेलाका लागि नगरपालिकाले कुनै कसर बाँकी नराखी खटिरहेको सन्दर्भमा अन्य धार्मिक कार्य हुँदा असर पुग्न सक्ने अवस्थालाई मध्यनजर गरी अन्य धार्मिक कार्य नगर्न अनुरोध गरेको हो।’

नगरप्रमुख न्यौपानेका अनुसार मेलाको अवसर पारेर नगरको अनुमति नलिई धार्मिक तथा अनुष्ठानका कार्य र सहयोग संकलनको नामका अनेक गतिविधि हुन थालेपछि नगरपालिकाले सूचना जारी गरी यस्ता काम रोक्न लगाएको जानकारी दिए। 

नगरपालिकाले जारी गरेको सूचनामा यदि धार्मिक तथा अन्य संघ संस्थाले धार्मिक अनुष्ठान र सहयोग संकलन गर्नुपरे नगरपालिकाबाट अनुमति लिएर मात्र गतिविधि अगाडि बढाउन भनिएको छ।

तर सूचनाको बेवास्ता गरी कार्यक्रम सञ्चालन गरेमा नियन्त्रण गर्ने चेतावनी पनि नगरपालिकाले दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.