|

काठमाडौं :  बाँकेको राप्ती सोनारी गाउँपालिकामा तीन दिनको अवधिमा बाघको आक्रमणबाट दुई महिलाले ज्यान गुमाएका छन्।

बिहीबार वडा नम्बर ४ की एक महिलाको ज्यान गएकोमा शनिबार फेरि एक महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो। आज वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको हो। थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

पात टिप्‍न गएका महिलाहरू बाघलाई देखेपछि भागेका थिए। उनीहरूको उद्धारका लागि १२ जनाको प्रहरी टोली परिचालन गरिएको थियो। उनीहरूको खोजी गर्ने क्रममा थारुको शव फेला परेको प्रहरीले जनाएको छ।

अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ। यसअघि पुस २२ गते बाघको आक्रमणमा परी वडा नम्बर ४ की ५२ वर्षीया लीला विष्टको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.