|

काठमाडौं : नेकपा एमालेको मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्षसहित जिल्ला कमिटीका पदाधिकारीहरू निर्विरोध चिर्वाचित भएका हुन। पोखरेल वर्तमान अध्यक्ष पनि हुन्।

शनिबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पदाधिकारी निर्विरोध चयन भए पनि सदस्यहरूका लागि भने मतदान हुने भएको छ। निर्वाचन समितिका अनुसार उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा निर्विरोध भएका हुन्। 

सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध भएका छन्। १६० सदस्यका लागि दोब्बर संख्यामा मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारी फिर्ताको समय आइतबार दिउँसो ३ बजेसम्मका लागि राखिएको र मतदान सोमबार हुने निर्वाचन समितिले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.