|

काठमाडौं : आमाको नामबाट नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

'नागरिकताविहीन नागरिक संघर्ष समिति' नवलपरासीका नागरिकता नभएका व्यक्तिले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्।

नेपालको संविधान २०७२ को भाग २ धारा ११ को ३ र ५ नम्बर बुँदाका आधारमा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग उनीहरूको छ।

राज्यले आफूहरूलाई नागरिकता नदिएर अनागरिक बनाउन खोजेको उनीहरूको आरोप छ। नयाँ नागरिकता विधेयक संसद्‌बाट छिटो पास गर्न र आफूहरूलाई अनागरिक हुनबाट रोक्न पनि उनीहरुको माग छ। माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.