|

काठमाडौं : काठमाडौंमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। ​

बिजुली बजारमा गएराति टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचाल झरना गाउँपालिका २ का २२ वर्षीय विपिन विक. रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मीन भवन स्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको हो। 

विपिन विजुली बजारमा रहेको एक रोधी घरमा साथीहरुसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा, अचानक सडकमा निस्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ। गएराति पौने ११ बजे भएको सवारी दुर्घटना लगत्तै टिपरसहित फरार भएका चालकको खोजी भइरहेको छ।

यस्तै काठमाडौंको मिनभवन अगाडी सडकमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सुविधानगर बस्ने रामेछापका ६३ वर्षीय जीवनाथ गौतम रहेका छन्। 

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मिनभवन स्थित सिभिल अस्पतालमा मृत्यु भएको हो। जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेका गौतमलाई बागमती प्रदेश ०२–०३१ प ७५६२ नम्बरको मोटरसाइकलले हिजो साँझ साढे ६ बजे ठक्कर दिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.