|

म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी नेतृ आङ सान सुकीविरुद्ध फेरि चार वर्षको जेल सजाय सुनाएको छ। सुकीले अनुमतिबिना सञ्चारसेट वाकी–टकी राखेको आरोपमा अदालतले उक्त सजाय सुनाएको हो।

गत वर्षको फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारमाथि ‘कु’ गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। सुकीविरुद्ध सैन्य अदालतले गत डिसेम्बरमा कोरोना प्रतिबन्ध उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको थियो। पछि सजाय कम गर्दै साढे दुई वर्ष बनाइएको थियो।

सुकीलाई सुनाइएको सजायको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो। म्यानमारका सैन्य अदालतको फैसलामा विरोध जनाउँदै भाँडा बजाएर प्रदर्शन गरेका थिए।

म्यानमार सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शनमा १ हजार ४०० भन्दा बढीको मृत्यु भइसकेको छ। प्रदर्शन दबाउन सैन्य सरकारले जथाभावी गोली चलाउने र नागरिकको हत्या गर्ने गरेको आरोप अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.