|

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

मोदीको सुरक्षाबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन गरिएको हो। अन्तर्राष्ट्रिय समाचार अनुसार यसैसाता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो।

किसानहरुको प्रदर्शनका कारण फसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए। प्रधानमन्त्री मोदीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पन्जाबका सुरक्षा अधिकारी विवादमा तानिएका थिए। सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.