|

काठमाडौं : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले वैकल्पिक माध्यमबाट बालबालिकाको पढाइ सुनिश्चिता गर्न सरकारसँग माग गरेको छ।

सरकारले कोरोना संक्रमण रोकथाम गर्न भन्दै आजदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपछि महासंघले यस्तो माग गरेको हो। कोभिडको संकट आएका लामो समयसम्म पनि बालबालिकाको सुरक्षित सिकाइप्रति सरकार र राजनीतिक दल ध्यान नगएको भन्दै महासंघले दुःख व्यक्त गरेको छ।

महासंघले बालबालिकाको सिकाइलाई निरन्तरता दिन संघीय‚ प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गरेको छ। 

‘विद्यालय बन्द भई बालबालिकाको सिकाइमा पर्ने प्रत्यक्ष असरप्रति महासंघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘सिकाइ निरन्तरताको लागि वैकल्पिक सिकाइ गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनका लागि संघीय, प्रदेश र स्थानीय तहहरुले ठोस नीति निर्देशन र कार्यक्रम सार्वजनिक गर्न जोडदार माग गर्दछौँ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.