|

गुल्मी : गुल्मीमा गतराति (सोमबार) अवैध रूपमा जुवा खेल्ने सातजनालाई ५ लाख ५ हजार ६५५ रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको रेसुंगा नगरपालिका–१ मिलन चोकको एक होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा नगदसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

होटल सञ्चालक सहित आठजना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट म्याद थप गरी सार्वजनिक मुद्दा दर्ता गर्ने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई मुलुकी फौजदारी संहिता ऐन २०७४ अनुसार कारबाही हुने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

जिल्लामा कानुनले बन्देज गरेका कार्य गर्ने जो कसैलाई पनि कारबाही गरेरै छाड्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.