|

सुर्खेत : कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। 

प्रदेशसभा सचिवालयले आज (बुधबार) अधिवेशन आह्वान गरेको हो। सोही अनुसार संसद बैठक दिउँसो ३ बजे बस्ने सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका थिए। 

प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार बैठकबारे कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण मंसिर १५ गते प्रदेशसभा बैठक बसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.