|

कोभिड-१९ को ओमिक्रोन स्वरूप (भेरियन्ट) विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।

यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस भएको तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक हुने टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा बताएका हुन्।

 उनले यसको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।

'अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी मानिसले खोपको एक मात्रा प्राप्त गर्न बाँकी छ। यो अन्तर नघटाएसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं', डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै उनले भने, 'हामी प्रगति गर्दै छौं, डिसेम्बरमा, कोभ्याक्सअन्तर्गत नोभेम्बरमा पठाइएको मात्राको संख्या दोब्बरभन्दा बढी पठाउँछौं र आगामी दिनमा एक अर्ब खोप मात्रा पठाउने प्रयास गर्छौं।'

उनले गत वर्ष हामीले भोगेका केही आपूर्ति अवरोध अहिले सहज हुन थालेको तर यो वर्षको मध्यसम्म प्रत्येक देशको ७० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको समेत उल्लेख गरेका छन्।

९० देश अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् र तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएका छन्।

'डब्ल्यूएचओ र हाम्रा साझेदारले यी देशहरूलाई नेतृत्व र समन्वयमा, आपूर्तिको कमी, प्रदान गरिएका खोपहरूको छोटो सेल्फ-लाइफ, सीमित कोल्ड चेन क्षमता, खोप आत्मविश्वास, स्वास्थ्यकर्मीको अभाव, र प्रतिस्पर्धी प्राथमिकतामा सामना गर्ने अवरोधहरू हटाउन सक्रिय रूपमा समर्थन गरिरहेका छन्', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.