|
फाइल फोटो

काठमाडौं : सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइने जनाएको छ। बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आवश्यक तयारीका लागि सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइसकेको छ।

६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने मन्त्रालयले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.