|

काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान आह्वान गरेका सर्वदलीय बैठकबारे जानकारी नभएको जनाएको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको बताएका छन्। उनले भनेका छन्‚ ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं।’

यस्तै‚ उपप्रमुख रिजालले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको सहमति नहुने हाम्रो धारणा रहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.