‘विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लिँदैन’

|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एमालेका नेता गोकुल बाँस्कोटाबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप भएको छ। 

अध्यक्ष भट्टराईले एमाले ‘बहुदलीय जनवाद’को खोल ओडेको नवफाँसीवादी तत्त्व भएको आरोप लगाएपछि नेता बाँस्कोटाले त्यसको जवाफ फर्काएका हुन्। 

‘विनाकारण ६ महिनादेखि संसद् अवरुद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफाँसीवादी तत्त्व हुन्’ उनले ट्विटरमा लेखेका थिए, ‘नबिर्सौं हिटलरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र ऊ चुनावबाटै आएको थियो।’

त्यसो त बाबुरामले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरको संज्ञा दिएपछि नेता बाँस्कोटाले हारजंग घटनामाथि प्रश्न उठाएका छन्। 

बाँस्कोटाले ट्वीटमा लेखेका छन्,‘हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने, चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो? हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।’

बाँस्कोटाले सामाजिक फाँसीवादी भट्टराई र फाँसीवादी हिटलर दाजुभाइ भएको आरोप लगाएका छन्। भाैतिक पूर्वाधारमन्त्री रेणु यादवको राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक नभएको उल्लेख गदै विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही नहल्लिने बताएका छन्। 

‘सामाजिक फाँसीवादी भट्टराई र फाँसीवादी हिटलर दाजुभाइ हुन्। रेणुको राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्‍यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लँदैन’ उनले लेखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.