|

काठमाडौं : नेपाली सेनाका उपरथी अनन्त कार्की आजदेखि बिदामा बस्ने भएका छन्।

प्रधान सेनापति प्रभुराम शर्माले पदावधि थपका लागि सिफारिस नगरेको भन्दै असन्तुष्टी जनाएका कार्की आजदेखि बिदामा बस्न लागेका हुन्। उनले माघ २५ गतेबाट अनिवार्य अवकाश पाउँदैछन्। 

कार्कीले उपरथीको तीन वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। सैनिक प्रवक्ता नारायण सिलवालले कार्की अवकाश पाउनुभन्दा १५ दिनअघि देखि विदा बस्न लागेको बताए।

‘उहाँ १५ दिन बिदामा बस्दै हुनुहुन्छ’, सहायक रथी सिलवालले भने। प्रधान सेनापति शर्माको सिफारिसमा सरकारले दुई जना उपरथीको भने दुई वर्ष पदावधि थप गरेको थियो।

प्रधानसेनापती शर्माले आफ्नो नाम सिफारिस नगरेको भन्दै कार्कीले रक्षा मन्त्रालय र  प्रधानमन्त्री कार्यालयमा लिखित उजुरीसमेत दिएका थिए।

 सैनिक मुख्यालयले कार्कीको उक्त व्यवहारलाई लिएर कारबाही गर्न सक्ने चेतावनी दिएको थियो। कारबाहीमा पर्ने भएपछि कार्कीले हिजो नै बझबुझारथ गरेका छन्। 

मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकले पदावधि सकिन लागेका उपरथीहरु सिताराम‍ खड्का र ताराध्वज पाण्डेको समय भने दुई वर्ष थप गर्ने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.