|

काठमाडौं:  सोमबार एकैदिन काठमाडौं उपत्यकामा ४ हजार ६७६  जना कोरोना संक्रमित थपिएका छन्। 

यस्तै,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल काठमाडौं उपत्यकामा ५२ हजार ८४२ जना संक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा ३८ हजार ५८१ जना, भक्तपुरमा ५ हजार २१० जना र ललितपुरमा ९ हजार ५१ जना रहेका छन्। 

सोमबार मात्र देशभर १० हजार ३१९ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा ४ हजार ६७६ जना संक्रमित थपिएका हुन्। जसमा काठमाडौंका ३ हजार ६३४ जना, ललितपुरमा ५ सय ८७ जना र भक्तपुरमा ४ सय ५५ जना रहेको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.