|

इलाम : इलामको माई नगरपालिकामा भएको सवारी दुर्घटनामा झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय एक युवाको मृत्यु भएको छ।

सोमबार दिउँसो झापाबाट माइको चिलिमकोट बगान पिकनिक जाने क्रममा माई नगरपालिका–२ नमस्ते चोकमा मे १० प ६८४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मेचीनगर नगरपालिका–८ का १८ वर्षीय अनुष श्रेष्ठको मृत्यु भएको हो।

घाइते भएका उनको माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बि एण्ड सी अस्पताल पुर्‍याइएलगत्तै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.