|
फाइल फोटो

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज पहाडी भू-भागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू-भागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति पनि पहाडी भू-भागमा सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। हाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.