|

धनगढी : सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कञ्चनपुरका दुई, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए। संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.