|

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको छ । 

कोरोना संक्रमणका कारण उनी चार दिनदेखि भक्तपुरको बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य सामान्य रहेको बताएका हुन्। 

'हाम्रो पार्टी नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ', विज्ञप्तिमा भनिएको छ। 

अध्यक्ष ओलीको स्वास्थ्यप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैलाई पार्टीले धन्यवाद दिएको छ। एमाले अध्यक्ष ओली र पत्नी राधिका शाक्यलाई शनिबार गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.