|

काठमाडौं : सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान अनुसार तीनै  तहको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय, प्रदेश र संघको चुनाव संविधान अनुसार समयमै हुने बताए। 

‘सरकार संविधानको भावना अनुसार मुलुकलाई अघि बढाउन प्रतिवद्ध छ’, उनले भने, संविधान र कानुनमा केही द्विविधा देखिएको छ, त्यसलाई मिलाएर जाने विषयमा छलफल भइरहेको छ।’

उनले कानुनविद्सँगको परामर्शमा पनि संविधान र कानुन बाझिएको प्रसङ्ग उठेको भन्दै कानुनलाई संविधान अनुकुल बनाउनुपर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।   
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.