|

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश १ का प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू गठबन्धनको एजेन्डामा इमान्दार बन्न नसकेको बताएका छन्।

मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै संघीयताप्रति चौतर्फी प्रहार भइरहेको बेला प्रदेश १ मा प्रदेश  र स्थानीय तहका जनप्रतिनिधिहरू इमान्दार बन्न नसकेको बताएका हुन्।

उनले लेखेका छन् ,‘संघीयताप्रति चौतर्फी प्रहार भइरहेको बेला झन् हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेण्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमान्दार बन्न सकेनौँ, लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षमा हुन्न। अब, निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानविन गरेर प्रदेशको गठबन्धन अगाडि बढाउनुपर्छ र बढ्नेछ।’

बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनका हेमराज राईलाई हराउँदै अल्पसंख्यकतर्फबाट एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए। उनले प्रदेशसभाका ४२ जना र १२५ जना स्थानीय तहका जनप्रतिनिधको मत पाएका छन्।

४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे। जसपाका राईको कुल मतभार ४ हजार ३ सय ८६ मत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.