|

जलवायु परिवर्तनले विश्वभर प्रभावित पारेको छ। यसको परिणामस्वरूप अहिले कुनै ठाउँमा  बेमौसमी वर्षा, कतै अत्यधिक हिउँ, कतै तापक्रम उच्च देखिएको छ। सन् २०५० सम्ममा मुम्बई र कोलकाता जस्ता भारतका महत्त्वपूर्ण शहरहरू डुबानमा पर्ने दाबी पनि गरिएको छ।

विश्वमा अझै धेरै यस्ता शहरहरू छन्, जहाँ मानिसहरू पहिले मानिसहरू बसोबास गर्थे तर अहिले ती शहरहरू पानीमा डुबेका छन्। पर्यटकहरू घुम्ने र ती देशले पर्यटनका रूपमा विकास गरेका छन्।

बाया, इटाली

कुनै समय रोमनहरूका लागि बाया शहर केन्द्र मानिन्थ्यो। यो शहर घमाइलो मौसम, पोखरी र असाधारण देखिने भवनहरूका लागि प्रख्यात मानिन्थ्यो। रोमन सम्राट् जुलियस सिजर र निरो दुवैले यहाँ विलासी बिदा मनाउने चलन रहेको थियो। सम्राट् हाड्रियनको पनि त्यही शहरमा १३८ ई.मा निधन भएको थियो।

दुःखको कुरा ज्वालामुखी विस्फोट हुँदा यो शहर जलमग्न भयो।

समय बित्दै जाँदा यो शहर धस्सिँदै गएको थियो। विस्तारै चारदेखि ६ मिटरसम्म धस्सिँदै गएको इतिहासमा भेटिन्छ। शहरको अधिकांश भाग पानीमा डुबेको थियो। सन् २००२ देखि बायाका पानीमुनिका क्षेत्रहरूलाई स्थानीय प्रशासनले संरक्षित घोषित गरेको छ। यसको अर्थ अहिले लाइसेन्स प्राप्त गोताखोरहरूले पानीमुनि भएका भग्नावशेषहरू अवलोकन गर्न सक्छन्।

थोनिस हेराक्लिओन, इजिप्ट

पुरातन कथाहरूमा युनानी नायक हेराकल्स (हर्कुलेस) पहिलोपटक थोनिस हेराक्लिओन पाइला टेक्ने व्यक्ति हुन्।

राजा पेरिस पनि इतिहासकै सबैभन्दा प्रसिद्ध द्वन्द्वहरूमध्ये एक ट्रोजन युद्धमा सामेल हुनुभन्दा पहिले आफ्नी प्रेमिका हेलेनसँग यस शहरमा गएका थिए। यस शहरको नाम 'थोनी' मूलतः मिश्र शब्द हो भने ग्रिक नायक हर्कुलेसको सम्मानमा यसलाई हेराक्लिओन पनि भनिन्छ।

नील नदीको पश्चिमी किनारामा अवस्थित यो शहर समृद्ध बन्दरगाह थियो। ६० वटा जहाज र ७०० भन्दा बढी जहाजको अनुसन्धानले भूमध्यसागर पार भएर आएका सामानहरू त्यस शहरको नहरको सञ्जालबाट पार गरेको प्रमाण भेटिएको थियो।

पानीमुनि डुबेको यस शहरबाट अहिलेसम्म प्राप्त भएका सबैभन्दा मनमोहक कलाकृतिहरूमध्ये एउटा डिक्री अफ सास हो। दुई मिटर अग्लो कालो ढुङ्गाजस्तो भागलाई स्टेला पनि भनिन्छ। यो इसापूर्व चौथो शताब्दीको सुरुतिरको हाइरोग्लिफद्वारा कुँदिएको छ, जसले त्यतिबेला मिश्रको कर प्रणालीको महत्वपूर्ण विवरण देखाउँछ। यसले थोनिस-हेराक्लिओन एउटा शहर थियो भनेर पनि पुष्टि गर्छ।

डरभेन्ट, बेलायत

डर्बिशायरको डरभेन्ट गाउँलाई लेडीबोबर जलाशय बनाउन जानाजानी डुबाइएको थियो। बीसौं शताब्दीको बीचतिर डर्बी, लेस्टर, नटिङघम र शेफिल्डजस्ता शहरको विस्तार हुँदै गयो।

बढ्दो जनसंख्यालाई पानीको आवश्यकता पऱ्यो। पानीको आपूर्ति पूरा गर्न बाँध र जलाशय निर्माण गर्न आवश्यक थियो। सुरुमा हावडेन र डरभेन्ट नामक दुईवटा जलाशय निर्माण गर्ने योजना थियो र गाउँलाई यस योजनाबाट बाहिर राखिएको थियो। तथापि, केही समयमा दुईवटा मात्र जलाशयले पुगेन र तेस्रो जलाशयको आवश्यकता पर्ने देखियो।

यो काम सन् १९३५ मा सुरु भयो र १९४५ सम्म डरभेन्ट गाउँ पूरै डुबानमा पऱ्यो। उधुम गर्मीको समयमा जलाशयको पानीको सतह यति तल झर्छ कि डरभेन्ट गाउँको अवशेष देखा पर्न थाल्छ र मानिसहरू यहाँ उपस्थित भग्नावशेषको बीचमा घुम्न सक्छन्।

भिल्ला एपेक्युवान, अर्जेन्टिना

लगभग २५ वर्षसम्म पानीमा डुबेपछि सन् २००९ मा भिल्ला‍ एपेक्युवानको ताल किनारमा एउटा रिसोर्ट पुन: देखा परेको थियो।

सन् १९२० मा निर्माण गरिएको यस रिसोर्टको नाउँ एपेक्युवान ताल थियो। यसले नुनिलो पानीमा नुहाउन चाहने पर्यटकलाई आकर्षित गर्थ्यो।  साल्ट लेकको किनारमा रहेको पानीमा थुप्रै रोगको उपचार हुन्थ्यो भन्ने चर्चा आज पनि अर्जेन्टिनाका जनतामाझ रहेको छ।

तर, सन् १९८० देखि भने धेरै वर्षदेखि भारी वर्षा भएपछि पानीको सतह बढ्न थालेको थियो। थप सुरक्षाका लागि एउटा पर्खाल बनाइएको थियो। सन् १९८५ को नोभेम्बरमा आँधी आएपछि ताल भरियो र पानी बाहिर निस्कन थाल्यो। यसले गर्दा पर्खाल फुटेको थियो र शहर १० मिटर पानीले पुरिएको थियो। सन् २००९ देखि यहाँ पानीको सतह घट्दै गएको छ र फेरि भिल्ला एपेक्युवान देखा पर्न थालेको छ।

पोर्ट रोयल, जमैका

पोर्ट रोयल एउटा गाउँ हो जहाँ सुतेर पनि माछा समात्न सकिन्छ। तर, १७औँ शताब्दीमा यो स्थान समुद्री डाँकुहरू रहन्थे। दुनियाँमा विस्तारै आर्थिक क्रान्ति भयो। व्यापारको मुख्य केन्द्र पोर्ट रोयल तीव्र गतिमा विस्तार भयो।

सन् १६६२ मा यहाँ ७४० जना बसोबास गर्थे तर सन् १६९२ सम्म यो संख्या बढेर ६,५०० देखि १०,००० भएको अनुमान गरिएको छ। यहाँ मानिसहरू इँटा वा काठले बनेको घरमा बस्थे। यो अक्सर चार तलासम्म अग्लो हुन्थ्यो।

जुन ७, १६९२ मा पोर्ट रोयल ठूलो भूकम्प आएको थियो। त्यसको केही समयपछि सुनामी आयो। जसले गर्दा  शहरको दुईतिहाइ भाग पानीमा डुबेको थियो। सुनामी आएको दिन लगभग २ हजार मानिसको ज्यान गयो। थुप्रै घाइते भए। यहाँ सुरक्षित भग्नावशेष र सयौं जलमग्न जहाजहरू हेर्न गोताखोरको मद्दतमा सम्भव छ। यसका लागि स्थानीय अधिकारीहरूबाट अनुमति चाहिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.