|

काठमाडौं : यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोज पाउने भएका छन्।

भेरोसेल खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिइनेछ भने बाँकीलाई अर्को खेपमा सोही खोप दिइनेछ। 

हाल भेरोसेल खोप कम भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।

'हाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोसेल मौज्दात छ। सबैलाई खोप नपुग्न सक्छ'‚ उनले भने। 

सरकारले यसअघि खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई माघ ६ गतेदेखि बुस्टर डोज खोप लगाइरहेको छ भने ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलिबाट बुस्टर डोज खोप लगाउने भएको छ। 

यसअघि कोभिसिल्ड खोप लगाएकालाई भने कोभिसिल्ड खोप दिइनेछ। कोभिसिल्ड खोप भने पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.