|

काठमाडौं : उपत्यकामा आज ३ हजार १४३ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार देशभर ८ हजार संक्रमित थपिँदा उपत्यकामा ३ हजार १४३ जना संक्रमित थपिएका हुन्। जसमा काठमाडौंका २ हजार ४०२ जना, ललितपुरका ५२१ र भक्तपुरका २२० जना संक्रमित थपिएका हुन्।

मन्त्रालयको विवरणअनुसार उपत्यकामा ३८ हजार ८५९ जना संक्रमित रहेका छन्। 

मन्त्रालयका अनुसार देशभर हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। तीमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २५७ जनाको आइसियु र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.