|

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश १ को राष्ट्रियसभा निर्वाचन अन्तरघातले गर्दा हार भएको बताएका छन्।

मन्त्री यादवले समाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै सत्ताधारी गठबन्धनको बहुमत मतभार हुँदा पनि अन्तरघातका कारण पराजित भएको बताएका हुन्।

उनले लेखेका छन्, ‘राष्ट्रियसभा सदस्य निर्वाचन प्रदेश नं. १ मा सत्ताधारी गठबन्धनको बहुमत मतभार हुँदाहुँदै अन्तरघातले गर्दा हार भएको छ। यसबारे गम्भीर समीक्षा हुनुपर्छ।’

प्रदेश १ मा तीन राष्ट्रियसभाका सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसका गोपालबहादुर बस्नेत र नेकपा एकीकृत समाजवादीकी जयन्ती राई तथा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए।

एमालेका उम्मेदवार गुरु बराल र गठबन्धनका उम्मेदवारबीच बराबरी मत आएकोमा गोला प्रथाबाट गठबन्धनका उम्मेदवार बस्नेत विजयी भए।

स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशमा गठबन्धनको मतभार धेरै भए पनि धेरै मत तलमाथि हुँदा गठबन्धनबाट अल्पसंख्यक कोटाका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राई पराजित भएका थिए।

एमालेका शेर्पाले ४ हजार ७५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे। जसपाका राईको कुल मतभार ४ हजार ३८६ मत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.